प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित « Khabarhub

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखेपछि बैठक प्रभावित बनेको हो ।

प्रतिपक्षले बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित हुने ग्यारेन्टी माग गर्दै सदन चल्न नदिने चेतावनी दिएका थिए । त्यसपछि सभामुखले बैठक अगाडि बढाउन नसकेर १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

श्रम संस्कृति पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नेपाल कम्युनिस्ट पार्टीलगायत विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीबाट स्पष्ट जवाफ आउनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  २ : ५३ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत