हरि ढकालको माग : जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कन्जुस्याइँ नगरियोस् « Khabarhub

हरि ढकालको माग : जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कन्जुस्याइँ नगरियोस्


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले जेन-जी आन्दोलनका घाइतेको उपचारका लागि कुनै कन्जुस्याइँ नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनमा घाइते भएकाको उपचारमा कन्जुस्याइँ नगर्न आग्रह गरेका हुन्

सीमान्तकृत चेपाङ समुदाय, भूमिहीन किसान तथा सुकुम्वासी, श्रमिक, मजदुरका समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यानाकृष्ट गर्दै उनले सरकारले जनप्रतिनिधिका अगाडि झुट बोल्न नहुने बताए ।
 
सोही पार्टीका सांसद उत्तमप्रसाद पौडेलले डिजिटल माध्यमबाट कर भुक्तानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । रास्वपा सांसद पारसमणि गेलालले उदयपुर सिमेन्ट उद्योगका श्रमिक र कर्मचारीले १४ महिनादेखि पारिश्रमिक पाउन नसकेको जानकारी गराउँदै सोसम्बन्धी समस्या समाधान गर्न माग गरे ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ४ : ३२ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत