आशिकाले भनिन्- बाँदर आतङ्क रोक्न किसानलाई अदुवा, बेसारलगायत खेती गर्न लगाऔँ « Khabarhub

आशिकाले भनिन्- बाँदर आतङ्क रोक्न किसानलाई अदुवा, बेसारलगायत खेती गर्न लगाऔँ


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मानव–वन्यजन्तु द्वन्द्व कम गर्न तथा बाँदर आतङ्क न्यूनीकरण गर्न अदुवा, बेसारलगायत खेती गर्न किसानलाई प्रेरित गर्नुपर्ने बताएकी छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले यसो बताएकी हुन् । 

सोही पार्टीका सांसद प्रेमलाल चौधरीले नेपालको चिया भारत निर्यातमा देखिएका समस्या समाधानमा कूटनीतिक प्रयास गर्न सरकारलाई सुझाव दिए ।
 
रास्वपा सांसद रवीन्द्र पटेलले मधेस प्रदेशमा कमिसनको आधारमा विकास बजेट बिक्री हुने गरेको जिकिर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल अनुसन्धान गर्नुपर्ने बताए ।
 
रास्वपा सांसद पुनमकुमारी अग्रवालले रुपन्देहीको बेलहिया–सुनौली नाकामा निर्माणाधीन एकीकृत जाँच चौकीसम्म रेल्वे सुविधाको पहुँचका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

उक्त पार्टीका सांसद अमरकान्त चौधरीले कृषिजन्य उत्पादनको बजारीकरण तथा मलबिउको अभावसँग किसान जुधिरहेको उल्लेख गर्दै किसानका समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ४ : ४० बजे

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।