आशिकाले भनिन्- बाँदर आतङ्क रोक्न किसानलाई अदुवा, बेसारलगायत खेती गर्न लगाऔँ « Khabarhub

आशिकाले भनिन्- बाँदर आतङ्क रोक्न किसानलाई अदुवा, बेसारलगायत खेती गर्न लगाऔँ


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मानव–वन्यजन्तु द्वन्द्व कम गर्न तथा बाँदर आतङ्क न्यूनीकरण गर्न अदुवा, बेसारलगायत खेती गर्न किसानलाई प्रेरित गर्नुपर्ने बताएकी छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले यसो बताएकी हुन् । 

सोही पार्टीका सांसद प्रेमलाल चौधरीले नेपालको चिया भारत निर्यातमा देखिएका समस्या समाधानमा कूटनीतिक प्रयास गर्न सरकारलाई सुझाव दिए ।
 
रास्वपा सांसद रवीन्द्र पटेलले मधेस प्रदेशमा कमिसनको आधारमा विकास बजेट बिक्री हुने गरेको जिकिर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल अनुसन्धान गर्नुपर्ने बताए ।
 
रास्वपा सांसद पुनमकुमारी अग्रवालले रुपन्देहीको बेलहिया–सुनौली नाकामा निर्माणाधीन एकीकृत जाँच चौकीसम्म रेल्वे सुविधाको पहुँचका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

उक्त पार्टीका सांसद अमरकान्त चौधरीले कृषिजन्य उत्पादनको बजारीकरण तथा मलबिउको अभावसँग किसान जुधिरहेको उल्लेख गर्दै किसानका समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ४ : ४० बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत