विद्यालाई दिने जिम्मेवारीबारे अहिलेसम्म छलफल भएको छैन : पद्मा अर्याल « Khabarhub

विद्यालाई दिने जिम्मेवारीबारे अहिलेसम्म छलफल भएको छैन : पद्मा अर्याल


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकी सचिव पद्मा अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे अहिलेसम्म छलफल नभएको बताएकी छन् । 

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै सचिव अर्यालले सदस्यता जोड्नका लागि यसपटक निवेदन नै प्राप्त भएपछि भण्डारीलाई पार्टी सदस्यता प्रदान गरिएको भन्दै क्रियाशील कसरी गराउने र जिम्मेवारी के दिने भन्नेबारे कुनै छलफल नभएको बताएकी हुन् ।

उनले सर्वोच्च निकायमा पुगेको व्यक्तिलाई पार्टीको अभियानमा नभई विकासको अभियानमा जोड्नुपर्ने तत्कालीन निर्णय भएपनि भण्डारी स्वयंले पार्टीले सदस्यताका लागि निरन्तर माग गरेपछि सदस्यता प्रदान गर्ने निर्णय भएको उल्लेख गरिन् ।

त्यस्तै सचिव अर्यालले बाम एकताका बारेमा विभिन्न ढंगले चर्चा परिचर्चा भएपनि तत्काल एकता हुने कुनै सम्भावना नरहेको बताएकी हुन् । 

बाम एकताका लागि छलफल स्वाभाविक भएको उनको भनाइ छ । 

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ५ : ५२ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत