रोक्का सम्पत्ति फुकुवा गर्न इरानको माग « Khabarhub

रोक्का सम्पत्ति फुकुवा गर्न इरानको माग


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त्य गर्नु रहेको बताएको छ ।

‘अहिले हाम्रो प्राथमिकता लेबनानलगायत सबै मोर्चामा युद्ध अन्त्य गर्नु हो,’ विदेशमन्त्रालयका प्रवक्ता बकाईले भने । ‘तेहरानका मुख्य मागहरूमा रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा, समुद्री मार्गमा कथित अवरोधहरू हटाउने र इरानी जहाजहरूलाई लक्षित गर्ने कारबाही बन्द गर्ने रहेका छन्,’ उनले थपे ।

उनले विगत डेढ वर्षमा वाशिङ्गटनको इरानलाई हेर्ने नीति निकै अविवेकी छ, त्यसैले त्यहाँ गहिरो अविश्वास र वार्ताको वातावरण छ। उनले भने, ‘हाम्रो आँखा खुला छ र हाम्रो सेना पूर्ण रूपमा सतर्क छ ।’

उनले इरानले सचेतताका साथ वार्ता जारी राख्ने पनि बताए । यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नाक्वीसँग भेटवार्ता गरेका छन् । नाक्वी यसै साता दोस्रो पटक तेहरान पुगेका छन् । उनले इरानका राष्ट्रपति, आन्तरिक मामिलामन्त्रीसँग पनि वार्ता गरेका छन् ।

आइएसएनएको रिपोर्ट अनुसार राष्ट्रपति मसुद पेजेस्कियनले बैठकमा नक्वीसँग क्षेत्रीय अवस्था, अप्रत्यक्ष इरान–अमेरिका वार्ता र युद्ध अन्त्यका लागि भएको कूटनीतिक प्रयास बारेमा छलफल गरेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ८ : २३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६