मधेसमा एमालेका मोहम्मद समिर बने विना विभागीय मन्त्री, जसपाका तीन जना बर्खास्त « Khabarhub

मधेसमा एमालेका मोहम्मद समिर बने विना विभागीय मन्त्री, जसपाका तीन जना बर्खास्त


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार सरकार पुनर्गठन गर्दै नयाँ राजनीतिक समीकरणअनुसार मन्त्रीहरूमा हेरफेर गरेका हुन् ।

सरकारमा सहभागी जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएसँगै मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अघि बढाइएको थियो । सीके राउत नेतृत्वको जनमत पार्टीबाट अर्थमन्त्री बनेका महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले मुख्यमन्त्री यादवसमक्ष राजीनामा दिएका थिए ।

त्यसपछि मुख्यमन्त्री यादवले एमालेका सांसद मोहम्मद समिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री यादवले जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गर्दै नयाँ राजनीतिक सन्तुलन कायम गर्ने प्रयास गरेका छन् ।

प्रदेश सरकारमा हाल भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  १० : १३ बजे

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६