रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन चितवनमा « Khabarhub

रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन चितवनमा


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह शाह राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्।

रास्वपा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका हुन् । पार्टीको आन्तरिक महाधिवेशन र नयाँ नेतृत्व चयनको प्रक्रियामा सहभागी हुन प्रधानमन्त्री शाह चितवन पुगेका हुन्

चितवनको नारायणगढस्थित औद्योगिक प्रदर्शनी स्थलमा आयोजना भइरहेको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह आइपुग्दा पार्टीका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

रास्वपाकै नेतृत्वमा सरकार गठन भएपछि हुन लागेको यो पहिलो महाधिवेशन भएकाले प्रधानमन्त्री शाहको उपस्थितिलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ । महाधिवेशनको उद्घाटन सत्र लगत्तै प्रधानमन्त्री शाहले पार्टीको बन्द सत्र तथा सांगठनिक प्रतिवेदनका विषयमा समेत आवश्यक परामर्श गर्ने बुझिएको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ११ : ३२ बजे

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन

भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि