वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे « Khabarhub

वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले क्वान्टम प्रकाश स्रोत नियन्त्रण गर्ने नयाँ तरिका विकास गरेका छन्, जुन वास्तविक–विश्व प्रणालीमा क्वान्टम प्रविधिलाई भरपर्दो रूपमा प्रयोग गर्न आवश्यक प्रमुख तत्त्वहरूमध्ये एक हो ।

अष्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (यूटीएस)ले शनिबार जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुसन्धानले साना क्वान्टम प्रकाश स्रोतका लागि नयाँ नियन्त्रण संयन्त्र प्रदान गरेको छ, जसले तिनीलाई क्वान्टम कम्प्युटिङ, सुरक्षित सञ्चार तथा अति–संवेदनशील सेन्सिङजस्ता व्यावहारिक क्वान्टम प्रविधिमा प्रयोग हुने दिशामा एक कदम नजिक पुर्‍याएको छ ।

साइन्स एडभान्सेसमा प्रकाशित निष्कर्षअनुसार प्रयोगका क्रममा अनुसन्धानकर्ताले उत्सर्जित प्रकाशको रङ र तरंग लम्बाइलाई उल्लेखनीय मात्रामा परिवर्तन गरे । 

उनीहरूले तहयुक्त सामग्रीलाई बारम्बार उठाउन, घुमाउन र पुनः तह मिलाउन पनि सफलता प्राप्त गरे, जुन निश्चित ट्विस्ट कोण प्रयोग गरिएका अघिल्ला प्रयोगभन्दा फरक उपलब्धि हो ।

यूटीएसको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय टोलीले हेक्सागोनल बोरोन नाइट्राइडको संरचनाले अनुसन्धानकर्तालाई यसको पातलो, तहयुक्त र घुमाउन मिल्ने संरचनाको उपयोग गर्न अनुमति दिएको जनाएको छ । 

यसले हिरा वा सिलिकन कार्बाइडजस्ता परम्परागत ठोस–अवस्था सामग्रीसरह व्यवहार गराउने प्रयास गर्नुको सट्टा यसको प्राकृतिक विशेषताको उपयोग गर्न सम्भव बनाएको छ । रासस

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  २ : २३ बजे

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

एजेन्सी– न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र

बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती सरकारमा सहभागी भएका आफ्नो

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा