फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव « Khabarhub

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता, इजाजतपत्र प्राप्तिको जटिल प्रक्रिया तथा फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव प्रमुख चुनौतीका रूपमा देखिएको बताएका छन् ।

आज आयोजित ‘समावेशी सरसफाइ र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा निजी क्षेत्रका प्रतिनिधिहरूले मलमूत्र व्यवस्थापन क्षेत्रमा काम गर्न आवश्यक इजाजतपत्र प्राप्त गर्न कठिनाइ हुने, प्रशोधित वा सङ्कलित फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रहने तथा नीतिगत स्पष्टता नहुँदा सेवा विस्तारमा समस्या भइरहेको गुनासो गरे ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका डा रजित ओझाले नेपाल तथा अन्तर्राष्ट्रिय अभ्यासबारे प्रस्तुति दिँदै सुरक्षित र समावेशी सरसफाइ सेवा प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सरसफाइ सेवाको वर्तमान अवस्था, तथ्याङ्क, चुनौती तथा विभिन्न देशमा निजी क्षेत्रको सहभागितामार्फत हासिल भएका उपलब्धिबारे जानकारी गराएका थिए ।

कार्यक्रमका सहभागीहरूले सुरक्षित तथा समावेशी सरसफाइ सेवा सुनिश्चित गर्न निजी क्षेत्रलाई सहजीकरण गर्ने नीतिगत व्यवस्था, लगानीमैत्री वातावरण तथा सञ्चारमाध्यममार्फत प्रभावकारी पैरवी आवश्यक बताएका थिए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  २ : ५२ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको