जब रविले गगनसँग गरे अंकमाल… « Khabarhub

जब रविले गगनसँग गरे अंकमाल…


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा सुरू भएको छ।

पहिलो महाधिवेशनमा उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा पनि पुगेका छन् ।

२०७९ को चुनावताका नै अघोषित सहकार्य रहेको भनिएका यी सभापति रवि लामिछाने र महाधिवेशनको निम्तो मान्न पुगेका सभापति थापाबीच अझै सुमधुर सम्बन्ध रहेको देखिएको छ।

महाधिवेशन स्थलमा एकैसाथ पुगेका पार्टी सभापति लामिछाने प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन्द्र शाहले नेताहरूलाई स्वागत गरे ।

स्वागतका क्रममा रविले गगनलाई अङ्कमाल गरेका छन्। सुरूमै पुगेर महाधिवेशन प्रतिनिधिलाई नमस्कार गरेपछि रविले गगनलाई अंगालो मार्दै हात मिलाए ।

विगतमा कांग्रेस सभापति गगन थापा र रवि लामिछाने बीच मनमुटाव रहे पनि महाधिवेशन स्थलमा त्यो देखिएन ।

उनीहरू दुवै बीच सुमधुर सम्बन्ध थियो । २०७९ को चुनावमा रवि र गगनबीच केही चुनावी क्षेत्रमा अघोषित तालमेल भएको पनि चर्चा भएको थियो । उता गगनले बालेसँग भने हात मात्रै मिलाए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ३ : ३९ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’