विगतका गल्ती स्वीकार्दै गगनले भने : १० वर्षयता मेरै पार्टीका निर्णयले शिर निहुरियो, रास्वपासँग सिक्न तयार छौं’ « Khabarhub

विगतका गल्ती स्वीकार्दै गगनले भने : १० वर्षयता मेरै पार्टीका निर्णयले शिर निहुरियो, रास्वपासँग सिक्न तयार छौं’


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेसका सभापति गगनुकमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनस्थलमा पुगेर विगतका राजनीतिक गल्तीहरू सम्झिएका छन्।

उनले विगतमा निर्वाचन जित्ने र सत्तामा पुग्ने लक्ष्यमा केन्द्रित हुँदा राजनीतिक दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकारेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले इतिहासप्रति गर्व भए पनि पछिल्ला वर्षहरूमा आफ्नै पार्टी संलग्न केही निर्णयहरूले आफूलाई आत्मआलोचना गर्न बाध्य बनाएको बताए।

‘म पार्टी कार्यालय जाँदा जननेता बीपी कोइरालालाई सम्झन्छु र इतिहासमा गर्व गर्छु। तर पछिल्ला १० वर्षमा मेरो पार्टी पनि संलग्न भएर गरेका कतिपय निर्णयले मेरो शिर निहुरिन्छ,’ उनले भने।

थापाले पछिल्ला वर्षहरूमा निर्वाचन जित्ने, सरकारमा पुग्ने र शक्ति हासिल गर्ने उद्देश्यले गठबन्धन र भागबण्डाको राजनीति गरिएको स्वीकार गरे।

‘सरकारमा पुगेर शक्ति चाहिन्छ, त्यो शक्ति घरपरिवार र आफ्नाका लागि प्रयोग गर्ने गल्ती गर्‍यौं। यो गल्ती भएकै हो,’ उनले भने।

उनले रास्वपासँग सिक्नुपर्ने धेरै कुरा रहेको उल्लेख गर्दै कांग्रेस पनि आत्मसुधारको प्रक्रियामा रहेको बताए। ‘हामी तपाईंहरूबाट धेरै कुरा सिक्ने हो। म सिक्छु, मेरो पार्टीले पनि सिक्न चाहन्छ,’ उनले भने।

यसका साथै, थापाले विगतका उपलब्धिहरूलाई पूर्ण रूपमा अस्वीकार नगर्न र लोकतन्त्रका लागि भएका संघर्षहरूको सम्मान गर्न आग्रह गरे।

उनले ३५ वर्षको लोकतान्त्रिक अभ्यासमा केही पनि नभएको निष्कर्षमा नपुग्न आग्रह गर्दै पञ्चायतविरुद्धको संघर्ष र त्यस क्रममा भएका बलिदानको स्मरण गराए।

’विगत खराब थियो भन्दैमा ३५ वर्षमा केही भएन भनेर नभन्दिनुहोला। पञ्चायतका ३० वर्षविरुद्धको संघर्षलाई कमजोर नबनाइदिनुहोला,’ उनले भने।

रास्वपाका प्रतिनिधि तथा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले लोकतन्त्र र राजनीतिक परिवर्तनका लागि धेरै नागरिकले बलिदान दिएको स्मरण गराउँदै वर्तमान राजनीतिक उपलब्धिहरू त्यही संघर्षको जगमा निर्माण भएको बताए।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : ४१ बजे

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

चुनावपछि पहिलोपटक झापा–इलाम पुगे ओली, मिसन जनजागरण अभियान सुरु गर्ने

इलाम – फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का