राजश्व कार्यालय तुलसीपुरबाट चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन « Khabarhub

राजश्व कार्यालय तुलसीपुरबाट चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दाङ– आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष (आव)२०८२–८३ मा चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार त्यस अवधिमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशतमात्र राजस्व सङ्कलन भएको छ ।

कार्यालयले उक्त आर्थिक वर्षमा पाँच अर्ब पाँच करोड ३३ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य थियो । सङ्कलित राजस्वमध्ये आयकरतर्फ दुई अर्ब ३८ करोड ८१ लाख पाँच हजार, मूल्य अभिवृद्धितर्फ एक अर्ब १८ लाख ६६ हजार, अन्तःशुल्कतर्फ ७७ करोड २६ लाख ९८ हजार र अन्यतर्फ १४ करोड ३४ लाख ५१ हजार छ । उक्त कर सङ्कलन अघिल्लो आवको तुलनामा ८.९३ प्रतिशत बढी हो ।

करिब एक लाख करदाता भएको उक्त कार्यालय मातहत दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिम रहेका छन् । जेनजी आन्दोलनका क्रममा कार्यालय भवन, सवारीसाधन, अन्य कागजता जलेर नष्ट भए पनि सेवा प्रवाह भने रोकिएको थिएन ।

केही समय तुलसीपुर उद्योग वाणिज्य सङ्घको भवनबाट नागरिकको सेवामा जुटेको त्यस कार्यालयले केही समयदेखि त्रिसिद्देश्वर मन्दिरको धर्मशाला भाडामा लिई सेवा प्रवाह गरिरहेको छ ।

करदाताको क्षमता अभिवृद्धि गर्नका लागि गत आवमा कार्यालयले विभिन्न १८ स्थानमा करसम्बधी सचेतना र प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।

गत आवमा त्यस कार्यालयबाट चार हजार २९५ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २८ हजार ३८० ले व्यक्तिगत स्थायी लेखा नम्बर र चार हजार ९२२ जनाले अन्तःशुल्क इजाजतपत्र नवीकरण तथा दर्ता गरेको कर अधिकृत पुनले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ११ : २८ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत