सिरहा ट्राफिकले गर्‍यो एक करोड बढी राजस्व संकलन « Khabarhub

सिरहा ट्राफिकले गर्‍यो एक करोड बढी राजस्व संकलन


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२-८३ मा एक करोड १४ लाख ३६ हजार राजस्व संकलन गरेको छ ।

सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार ४१६ सवारी कारवाहीबाट एक करोड १४ लाख ३६ हजार राजस्व संकलन भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए ।

आव २०८१-८२ मा ३२ हजार १५७ सवारी चालकमाथि गरिएको कारवाहीबाट दुई करोड ५१ लाख १९ हजार ५०२ राजस्व संकलन गरेको थियो।

त्यस अवधिमा सिरहा जिल्लामा आव २०८२-८३ मा भएको एक हजार २० सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ६२ पुरुष, सात महिला र १२ जना बालबालिकाको मृत्यु भएको थियो भने एक हजार ६७६ जना घाइते भए।

अघिल्लो आव २०८१-८२ मा सिरहामा ९६७ सवारी दुर्घटना हुँदा ६४ पुरुष, १४ महिला र ११ बालबालिकाको मृत्यु भएको थियो । ती घटनामा एक हजार ५५४ घाइते भएका थिए ।

सडक अवस्था, मानवीय लापरवाहीलगायतका कारण सवारी दुर्घटना केही बढे पनि विगतका तुलनामा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या त्यस आर्थिक वर्षमा घटेको प्रहरी निरीक्षक मरासिनीले बताए। 

पछिल्लो वर्षमा ट्राफिक सचेतना र नियमित जाँचका कारण सवारी दुर्घटनामा कमी आएको विश्वास गरिएको छ।
 

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १२ : ४४ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको