मध्यपूर्व तनाव चुलियो : अमेरिकी सैन्य संरचनामाथि थप आक्रमण गर्ने इरानको चेतावनी « Khabarhub

मध्यपूर्व तनाव चुलियो : अमेरिकी सैन्य संरचनामाथि थप आक्रमण गर्ने इरानको चेतावनी


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका बन्दरगाहहरू अवरुद्ध गर्ने चेतावनी दिएसँगै इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामाथि थप निर्णायक र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ।

इरानको रिभोलुसनरी गार्ड्स  (आईआरजीसी) ले होर्मुज जलडमरूमध्य पार गर्ने प्रयास गरिरहेका दुई वटा तेल ट्यांकरलाई नियन्त्रणमा लिएको तथा सो क्रममा विस्फोट र आगलागी भएको जनाएको छ। यद्यपि उक्त घटनाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ।

यसअघि भएको झडपमा कम्तीमा तीन अमेरिकी सैनिकको मृत्यु भएपछि संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध नयाँ चरणको सैन्य कारबाही सुरु गरेको जनाएको छ। अमेरिकी पक्षका अनुसार कारबाहीको उद्देश्य होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजमाथि आक्रमण गर्न सक्ने इरानी सैन्य क्षमतालाई कमजोर बनाउनु हो।

इरानी सरकारी समाचार संस्था आईआरएनएका अनुसार इरानी सेनाले यसअघि कुवेत र बहराइनस्थित अमेरिकी सैन्य सुविधाहरू, हवाई रक्षा प्रणाली, राडार तथा प्रशासनिक संरचनालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। साथै, थप शक्तिशाली मिसाइल आक्रमणको तयारी भइरहेको पनि जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले मारिएका प्रत्येक अमेरिकी सैनिकको ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन्। यता इरानी राष्ट्रपति मसूद पेजेस्कियनले द्वन्द्व पूर्ण रूपमा भड्किएको बताएका छन्।

पेन्टागनका अनुसार जुलाई ७ यता भएका घटनाक्रममा करिब १०० अमेरिकी सैनिक घाइते भएका छन्। यसैबीच, तेहरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने घोषणा गर्दै युद्धको दायरा विस्तार गर्ने चेतावनी दिएका छन्। विश्लेषकहरूका अनुसार यस्तो कदमले साउदी अरेबियाको तेल निर्यातमा असर पार्न सक्ने तथा विश्व ऊर्जा बजारमा थप दबाब सिर्जना गर्न सक्नेछ।

साउदी अरेबियाले हुथीहरूको चेतावनीको कडा निन्दा गर्दै यसले क्षेत्रीय स्थायित्व र यमनी जनताको हितमा नकारात्मक असर पार्ने जनाएको छ।

अप्रिलमा भएको युद्धविराम र जुनमा सम्पन्न सहमति कार्यान्वयन हुन नसकेपछि क्षेत्रीय तनाव पुनः चर्किएको छ। इरानले होर्मुज जलडमरूमध्यमा नाकाबन्दी पुनः लागू गरेको दाबी गरिएको छ भने अमेरिकाले इरानी बन्दरगाहहरूमा दबाब बढाएको बताइएको छ।

विश्वको प्रमुख तेल आपूर्ति मार्ग मानिने होर्मुज जलडमरूमध्य प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय वृद्धि हुने चिन्ता बढेको छ। यद्यपि साउदी अरेबियाले लाल सागरस्थित यानबु बन्दरगाहमार्फत लाखौं ब्यारेल तेल निर्यात जारी राख्न सक्षम रहेको जनाएको छ।

यसै क्रममा बेलायतको यूके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले ओमानको तट नजिक एउटा तेल ट्याङ्करमा अज्ञात वस्तु ठोक्किएको घटना सार्वजनिक गरेको छ।

सैन्य तनावका बीच पनि कूटनीतिक प्रयास जारी रहेको देखिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्तामार्फत वासिङ्टनसँग संवाद जारी रहेको बताएका छन्।

यसैबीच, इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनी दुई दिने भ्रमणका लागि पाकिस्तान पुगेका छन्। भ्रमणका क्रममा उनले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ तथा सेना प्रमुख असीम मुनीरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

उता, लेबनानका राष्ट्रपति जोसेफ आउनले मंगलबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १ : ५८ बजे

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा

बिनु यादवलाई महिलामन्त्रीले भनिन्- आवश्यक सहयोग गर्छु

काठमाडौं– सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं– पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाइ जात्रा मनाइएको छ ।  मंगलबार पशुपतिनाथ