कृषिमन्त्री र निर्देशक याङबीच भेट, दिगो कृषि–खाद्य प्रणाली प्रवर्द्धनमा जोड « Khabarhub

कृषिमन्त्री र निर्देशक याङबीच भेट, दिगो कृषि–खाद्य प्रणाली प्रवर्द्धनमा जोड


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनकी निर्देशक  हुआ याङले आज शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि–खाद्य प्रणाली, विकास तथा दक्षिण–दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको थियो ।

 सोअवसरमा मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि सहकार्य अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताइन्।

  भेटका अवसरमा  सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तनअनुरूप कृषि विकास, कृषि प्रयोगशालाको क्षमता अभिवृद्धि तथा मान्यताप्राप्त प्रयोगशाला स्थापना, उच्च मूल्यका कृषि उपजको निर्यात प्रवर्द्धन तथा भौगोलिक संकेतसम्बन्धी कानुनी तथा संस्थागत व्यवस्थालाई सुदृढ तुल्याउने विषय छलफल भएको मन्त्रालयले जनाएको छ । 

उनीहरुबीच दिगो, उत्थानशील तथा समावेशी कृषि तथा खाद्य प्रणाली विकासका लागि साझेदारीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त भएको जनाइएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  २ : ०४ बजे

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा