संयुक्त राष्ट्रसंघको सहकार्यमा मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सुरु « Khabarhub

संयुक्त राष्ट्रसंघको सहकार्यमा मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सुरु


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारको नेतृत्व तथा संयुक्त राष्ट्रसंघको सहकार्यमा संयुक्त राष्ट्रसंघ मानसिक स्वास्थ्य सहयोग कार्यक्रम शुभारम्भ गरिएको छ ।

आगामी तीन वर्षसम्म सञ्चालन हुने यस कार्यक्रमले नेपालको मानसिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने, गुणस्तरीय मानसिक स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्ने तथा मानसिक स्वास्थ्यसम्बन्धी जनशक्तिको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रमको प्रत्यक्ष कार्यान्वयन कर्णाली, मधेश र लुम्बिनी प्रदेशमा केन्द्रित हुनेछ । साथै, मानसिक स्वास्थ्यसम्बन्धी सुशासन तथा नीतिगत संरचनालाई बलियो बनाउने, डिजिटल तथा टेलि–मानसिक स्वास्थ्य सेवाको विस्तार गर्ने तथा सार्वजनिक–निजी साझेदारीमार्फत मानसिक स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्ने उद्देश्य रहेको बताइएको छ ।

कार्यक्रममार्फत मानसिक स्वास्थ्यका क्षेत्रमा दीर्घकालीन तथा प्रणालीगत परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । विशेषगरी समुदायस्तरमै मानसिक स्वास्थ्य सेवा विस्तार, सेवा प्रदायकहरूको क्षमता विकास तथा नवीन प्रविधिको प्रयोगलाई प्राथमिकता दिइने जनाइएको छ ।

नेपालस्थित स्विस दूतावासको सहयोगमा सञ्चालन हुने यस कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा कार्यान्वयन हुनेछ । संयुक्त राष्ट्र जनसंख्या कोष , युनिसेफ नेपाल  र विश्व स्वास्थ्य संगठन नेपाल (डब्लुएचओ) ले कार्यक्रम कार्यान्वयनमा सहकार्य गर्नेछन् ।

सरकार तथा संयुक्त राष्ट्रसंघका निकायहरूले मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको महत्त्वपूर्ण प्राथमिकताका रूपमा स्थापित गर्दै सेवाको पहुँच र गुणस्तर सुधार गर्न कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  २ : ३३ बजे

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा