मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह « Khabarhub

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले साउन महिनाभर मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह गरेको छ ।

कार्यालयले मङ्गलबार सरोकारवाला र पत्रकारसँग अन्तरक्रिया गर्दै कर्णाली प्रदेशमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले यसको रोकथामका लागि सबैको सहकार्य आवश्यक रहेको जनाएको हो ।

कार्यालय प्रमुख करुणा भट्टराईले मानसिक स्वास्थ्यप्रति समयमै ध्यान नदिँदा समाज र परिवारमा गम्भीर असर पर्ने बताउनुभयो । उनले मानसिक स्वास्थ्य समस्या र आत्महत्याका घटना न्यूनीकरणका लागि सबैले समयमै सचेत हुनुपर्नेमा जोड दिइन् ।

सिएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले सकारात्मक सोच, आत्मसम्मान र जीवनका चुनौतीसँग सामना गर्ने क्षमता विकास गर्नुपर्ने बताए ।

उनले मानसिक समस्या देखिएका व्यक्तिलाई सहयोग गर्न र आवश्यक परे आत्महत्या रोकथामसम्बन्धी राष्ट्रिय हटलाइन ११६६ प्रयोग गर्न आग्रह गरे । साथै स्थानीय तह र विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

यसैबीच फरक एक प्रसङ्गमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ मलेरिया निरीक्षक उदय बिसीले डेङ्गु रोगबाट बच्न घरआँगन सफा राख्न, पानी जम्न नदिन र लामखुट्टेको बासस्थान नष्ट गर्न आग्रह गरे ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १२ : २४ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट