राष्ट्रिय एकतामार्फत संकट समाधान गर्न शेखरको आग्रह « Khabarhub

राष्ट्रिय एकतामार्फत संकट समाधान गर्न शेखरको आग्रह


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट मुक्त गर्न राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 

वीपी स्मृति स्वास्थ्य प्रतिष्ठान, वीपी स्मृति सामुदायिक सहकारी अस्पताल लगाएतले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेसको आन्तरिक अवस्थाभन्दा पनि देशको समग्र स्थिति अत्यन्तै नाजुक र भयावह रहेको भन्दै देशलाई वर्तमान संकटबाट मुक्त गर्न राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

पार्टीभित्रको मेलमिलाप र सबै परम्परागत तथा अन्य शक्तिहरूसँग राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । 

उनले ३३ सालमा वि.पी. स्वदेश फकिएको भन्दा अहिले देशको अवस्था निकै भयावह रहेको उल्लेख गरे । 

नेता कोइरालाले एकढिक्का भएर अगाडि बढ्न नसके कांग्रेसको भविष्य समेत अप्ठेरोमा पर्न सक्ने बताए । 

तर अहिले कांग्रेसभन्दा पनि देशको चिन्ता धेरै ठूलो भएर गएको उनको भनाइ छ । 

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १ : ०५ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको