प्रदेशको सत्ताबारे सहमति खोज्न छुट्टाछुट्टै छलफल गर्दै प्रचण्ड-ओली « Khabarhub

प्रदेशको सत्ताबारे सहमति खोज्न छुट्टाछुट्टै छलफल गर्दै प्रचण्ड-ओली


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेशको सत्ता समीकरण अगाडि बढाउन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निकटहरूसँग छुट्टाछुट्टै छलफल थालेका छन् ।  

दुई नेताहरूबीच मंगलबार करिब दुई घण्टा लामो संवादपछि सत्ता सहकार्यका लागि अघि बढ्न सक्ने संकेत देखिएको छ । 

तर अगाडि बढ्न निश्चित मापदण्ड मोडालिटी र सहकार्यको पूरै सम्भावना भइनसकेको प्रचण्डनिकट एकजना नेता बताउँछन् । 

दुवैजना नेताले सत्ता सहकार्यका लागि ढोका खुल्ला भएको तर प्रारम्भिक छलफलपछि फेरि जुट्ने भन्दै मंगलबारको वार्ता सकाएका थिए । 

एमाले अध्यक्ष ओलीका सचिवालय सदस्य निरू पालका अनुसार दुई नेताहरूबीच संवादका लागि ढोका खुल्ला भएको छ ।

‘हिजोको भेटले संवादका लागि ढोका खुल्ला भएको संकेत दिएको छ। अरू विषयमा आफआफ्नो नेताहरुसँग छलफल गरेपछि केही आउला’,  पालले भनिन्, ‘नेताहरू बीचमा पछिल्लो राजनीतिक घटनाक्रम र सहकार्य लगायतका विषयमा छलफल भएको थियो।’

छलफलपछि प्रचण्ड मधेश झरेका छन् । उनले आफूनिकट नेताहरूसँग त्यहीँबाट पनि अनौपचारिक रुपमा छलफल गरिरहेका छन् । 

ओलीले गुण्डुमै आफूनिकट नेताहरूसँग छलफल गरिरहेका छन्। वाम गठबन्धन मिलाउन ओली पक्षबाट महेश बस्नेत महत्त्वपूर्ण भूमिकामा देखिएका छन् । प्रचण्ड पक्षबाट प्रकाश ज्वाला र वर्षमान पुन लगायत नेताहरू छन् ।
 

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १ : ४६ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको