गगनमाथि खनिए इतरका नेता, सम्मानजनक एकता नभए नयाँ पार्टी खोल्ने घोषणा « Khabarhub

गगनमाथि खनिए इतरका नेता, सम्मानजनक एकता नभए नयाँ पार्टी खोल्ने घोषणा


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस इतर पक्षका नेताहरूले पार्टीको आन्तरिक एकताका लागि संस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन् ।

बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा छुट्टै कार्यक्रमको आयोजना गर्दै इतर पक्षले पार्टी मिलाउने मुख्य जिम्मेवारी सभापति गगन थापाको भएको जिकिर गरे।

उनीहरूले आन्तरिक एकताका लागि संस्थापन पक्ष गम्भीर नभएको बताएका हुन् । इतर पक्षले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको जानकारी गराएको छ ।

भेलामार्फत आफुहरुले आगामी रणनीति तय हुने कांग्रेस नेता प्रकाशमान सिंहले बताए । उनले विशेष महाधिवेशनको कारणले पार्टी विभाजनको अवस्थामा रहेकोले १५ औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको उल्लेख गरे।

कार्यक्रममा कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र सम्मानजनक एकताको पहल हुन नसकेको बताए ।

उनले कांग्रेस स्थापनाकालदेखि पहिलोपटक प्रतिकूल अवस्थामा पुगेको भन्दै पार्टी मिलाउने जिम्मेवारी अहिलेको नेतृत्वको भएको बताए । खड्काले पार्टीको सिद्धान्तलाई तिलाञ्जली दिएर कसैसँग समर्पण गर्न नसकिने समेत जिकिर गरे ।

त्यस्तै पार्टीका नेता डा. शेखर कोइरालाले कांग्रेस हुकुमी शासन शैलीमा चलिरहेको भन्दै बिनास्पष्टीकरण नेताहरूलाई कारवाही स्वीकार्य नहुने धारणा राखे । पार्टीभित्र एकताको कुनै पहल नगर्दा हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सभापतिले थापाले नै लिनुपर्ने उनले बताए ।

त्यस्तै कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आफूहरूले एकताका लागि प्रयास गरिरहेको भन्दै माग र सहमतिका आधार नस्वीकारे नयाँ बाटो तय गर्नु बाध्यता हुने स्पष्ट पारे । उले पार्टी नेतृत्वमा हुनुपर्ने दूरदर्शिता र परिपक्वता सभापति थापामा नरहेको टिप्पणी गरे।

त्यस्तै अन्य नेताहरुले सभापति थापा पार्टी कब्जा गर्ने बाटोमा अघि बढेको भन्दै स्वीकार्य नहुने चेतावनी दिए । उनीहरूले मुलुक र लोकतन्त्र सङ्कटमा परेको अवस्थामा पार्टीको आन्तरिक एकताका लागि गम्भीर हुन नेतृत्वलाई सुझाव दिए ।

उता पूर्वउपभासपति विजयकुमार गच्छदारले सभापति थापासँग कांग्रेसको आत्मा नभएको बताएका छन् । ‘म सबैलाई आह्वान गर्दछु, कांग्रेस यहाँ छ। कांग्रेसको भावना र आत्मा यहाँ छ। सभापति गगन थापाज्यू, कांग्रेसमा ठूलो त्याग र बलिदान गरेका नेताहरू तपाईंभन्दा बाहिर छन्,’ उनले भने ।

सभापति थापा आफ्नो पुत्रसमान भएको पनि उनले बताए । ‘उहाँ मेरो पुत्रसमान हुनुहुन्छ, छोरा उमेरको मान्छेलाई पुत्रसमान भन्न नपाउने ? कस्तो संस्कार आएको ? कस्तो राजनीति आएको नेपालमा ? ’, उनले भने ।

आफ्नो छोराको उमेर ५० वर्षको उमेरको भएको बताउँदै उनले ५२ वर्षको गगन थापालाई पुत्रसमान भन्न पाउनुपर्ने उनले बताए । बीपी कोइरालाको नीतिको स्मरण गराउँदै उनले पार्टीको असहमतिलाई सहमतिमा ल्याएर १५ औँ महाधिवेशन गर्न भने ।

‘सभापति भएर तपाईं बीपी कोइरालाले प्रतिपादन गरेको नीति र सिद्धान्तलाई आत्मसात् गर्दै सबैलाई मिलाएर जानुस्’, उनले भने, ‘पार्टीको असहमत पक्षलाई सहमतिमा ल्याएर १५ औँ महाधिवेशन सम्पन्न गर्न सफलता हासिल गर्नुस्, मेरो शुभकामना छ ।’

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ६ : ५० बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्