कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस « Khabarhub

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ । दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूलाठूला ढुङ्गा थुप्रिएका छन् ।

पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा खसेका ढुङ्गा सामान्य ‘स्काभेटर’ले हटाउन नसकिने भएकाले विस्फोट गराएर फुटाउनुपर्ने अवस्था आएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए । उनले भने, ‘ठूला ढुङ्गा खसेकाले स्काभेटरबाट मात्रै हटाउन सम्भव देखिएन । ड्रिल मेसिन प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ ।’

उनका अनुसार विष्फोटनका लागि आवश्यक तयारी भइरहेको भए पनि मौसम तथा अन्य प्राविधिक अवस्थाले साथ दिएन भने सडक सञ्चालनमा ल्याउन करिब एक साता अझै लाग्न सक्ने देखिएको छ । यसको लागि आवश्यक बजेटको समेत व्यवस्थापन गर्नुपर्ने भएको छ यद्यपि आयोजना कार्यालयले सडक खुलाउन निरन्तर काम गरिरहेको बताए ।

पहिरोका कारण सडकबाट नियमित आवतजावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर वैकल्पिक बाटो अर्थात् सडकको भीरतर्फ डोरी लगाएर भर्‍याङ बनाई यात्रुहरू वारपार गरिरहेका स्थानीय कमल बुढाले बताए ।

ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक रिमिलाल बुढाले निकै कठिनपुर्ण यात्रा गरेर सिमकोट पुगेको सुनाए । उनले भने, ‘जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सरोकारवाला निकाससँग सम्पर्क गर्दा उपाय नलागेपछि हामीले अन्तिम विकल्पको रुपमा भर्याङ लगाएर डोरीको सहायतमा भिर छिचोलेर सारै कष्टकर र जोखिम यात्रा झेलेर सदरमुकाम सिमकोट पुगेका हौँ ।’

सडक अवरुद्ध भएपछि कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् । आयोजना प्रमुख नेपालीले सडक खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालनको काम भइरहेको जनाउँदै जोखिमपूर्ण अवस्थामा यात्रुहरूलाई भीरबाट आवतजावत नगर्न आग्रहसमेत गरे ।

शुक्रबार दिउँसो सडक अवरुद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट कैलाश मानसरोवर दर्शन गर्न जाने यात्रुहरु अलपत्र परेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ९ : २४ बजे

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र