झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति « Khabarhub

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार विपद्का घटनामा मानवीय क्षति नभए पनि एक जना घाइते भएका छन् । घटनाबाट प्रभावित ६९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

उक्त महिनामा बाढी र पहिरोका घटना नभए पनि जङ्गली जनावरको आक्रमण प्रमुख विपद्का रूपमा देखिएको छ । कूल २५ घटनामध्ये १७ वटा जङ्गली जनावरको आक्रमणका रहेका छन् । जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् भने ५५ जनाको उद्धार गरिएको छ । यसबाट छ लाख ३५ हजार बराबरको भौतिक क्षति भएको प्रहरीको तथ्याङ्क रहेको छ ।

यस्तै, जिल्लाका विभिन्न स्थानमा सात वटा आगलागीका घटना हुँदा १२ लाख १० हजार बराबरको क्षति भएको छ । चट्याङबाट एक लाख बराबरको क्षति भएको छ ।

प्रहरी नायब उपरीक्षक अवाले विपद्का समयमा तत्काल उद्धार तथा राहतका लागि प्रहरी टोलीलाई चौबीसै घण्टा उच्च सतर्क अवस्थामा राखिएको बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ९ : ५८ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

न्यूयोर्क– इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

गोरखा– भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि

हनुमन्तेश्वर माविमा वैतेश्वरमा विद्यालय व्यवस्थापन समिति सदस्यका लागि निर्वाचन

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

अमेरिकी टेलिभिजन च्यानलले ट्रम्पको प्रत्यक्ष प्रसारण रोके, ह्वाइट हाउसले ‘ट्रम्प टीभी’ सुरु गर्‍यो

वासिङ्टन (एएफपी)- अमेरिकाका ठूला टेलिभिजन च्यानलहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पका कार्यक्रमको

सिजीको दशैं-तिहार लक्षित योजना सार्वजनिक, के-के छन् उपहार ?

काठमाडौं– नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान ‘एक्पेरिएन्स लाइफ