डाटा सेन्टरको समस्या समाधान, शेयर कारोबार सञ्चालन हुने « Khabarhub

डाटा सेन्टरको समस्या समाधान, शेयर कारोबार सञ्चालन हुने


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने भएको छ ।

नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएपछि आजदेखि नेप्सेमा पूर्ववत् रूपमा कारोबार सञ्चालन गरिने भएको हो ।

नेप्सेले डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि हिजो (सोमबार)को नियमित कारोबार स्थगित गरेको थियो । समस्या समाधान नभएको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि कारोबार रोकिएको थियो ।

नेपाल धितोपत्र बोर्डले समेत कारोबार स्थगनको विषयमा अध्ययन तथा जाँचबुझ गर्न नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिँदै उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ ।

डाटा सेन्टरको प्राविधिक समस्या समाधान भएसँगै आजदेखि कारोबार पुनः सञ्चालन हुने भए पनि घटनाको प्राविधिक कारण तथा प्रणालीगत जोखिम भने पहिचान हुन सकेको छैन ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १० : १५ बजे

मलेसियामा हुने सिन्डिकेट र बिचौलिया अन्त्य गर्न प्रधानमन्त्री बालेनको एक्सन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच

यमन सङ्कट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने

लन्डन– यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले

एसियाली खेलकुद : नेपाल थाइल्यान्डपछि पाकिस्तानसँग पराजित

काठमाडौं– जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको

प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन: भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

कास्की– विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले