एसियाली खेलकुद : नेपाल थाइल्यान्डपछि पाकिस्तानसँग पराजित « Khabarhub

एसियाली खेलकुद : नेपाल थाइल्यान्डपछि पाकिस्तानसँग पराजित


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो । 

सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो । 

जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज भएको समूह बिअन्तर्गतको खेलमा पाकिस्तानसँग नेपाल ५८–४३ अङ्कले पराजित भएको हो ।

 खेलको पहिलो हाफ नेपालले १७–३० ले गुमायो भने खेलको दोस्रो हाफमा नेपाल पुनः २६–२८ ले पछि पर्यो । 

नेपालले दुवै हाफमा कूल ४३ अङ्क बनाउँदा पाकिस्तानले ५८ अङ्क जोड्दै १५ अङ्कको जित निकालेको थियो । नेपालले समूह चरणकै अर्को खेल इरानसँग आजै खेल्दैछ । 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ११ : २७ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा