अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार « Khabarhub

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले मध्यपूर्वमा जारी द्वन्द्वलाई थप चर्काए युद्धको क्षेत्र विस्तार गर्ने इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) ले चेतावनी दिएको छ।

आईआरजीसीले सोमबार अमेरिकाले द्वन्द्वलाई थप बढाएमा युद्धको ‘भूगोल परिवर्तन’ गर्ने जनाएको हो। यद्यपि, त्यसका लागि अपनाइने सम्भावित कदमबारे उसले थप विवरण सार्वजनिक गरेको छैन।

यसैबीच, बेलायती सेनाका अनुसार सोमबार स्ट्रेट अफ होर्मुजमा प्रवेश गर्ने क्रममा एउटा ट्यांकरमाथि अज्ञात प्रक्षेप्यास्त्र प्रहार भएको छ। उक्त घटनामा ट्यांकरका दुई चालकदलका सदस्य घाइते भएका छन्।

स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण ऊर्जा तथा समुद्री व्यापारिक मार्गमध्ये एक हो। खाडी क्षेत्रबाट हुने ठूलो परिमाणको तेल तथा ग्यास आपूर्तिका लागि यो मार्ग महत्वपूर्ण मानिन्छ। यहाँको सुरक्षा अवस्था बिग्रिएमा क्षेत्रीय समुद्री यातायातसँगै विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत असर पर्न सक्ने भएकाले पछिल्लो घटनालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेको छ।

यसैबीच, इजरायली सेनाले देशभर उच्च सुरक्षा सतर्कता कायम राखेको छ। यहुदी धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक दिन योम किप्पुरका अवसरमा देशका धेरै क्षेत्रमा दैनिक गतिविधि सीमित तथा आवागमन प्रभावित भइरहेका बेला सुरक्षा निकायले सतर्कता बढाएको हो।

योम किप्पुर यहुदी धर्मावलम्बीहरूको प्रायश्चित्त र उपवाससँग सम्बन्धित पवित्र दिन हो। धार्मिक अवसरका कारण देशका विभिन्न क्षेत्र शान्त तथा बन्द अवस्थामा रहेका बेला क्षेत्रीय द्वन्द्वका कारण थप सुरक्षा चुनौती उत्पन्न हुन सक्ने भन्दै इजरायली सुरक्षा निकायले निगरानी बढाएको छ।

इरानको चेतावनी र स्ट्रेट अफ होर्मुजमा ट्यांकरमाथि भएको प्रहारले मध्यपूर्वको तनाव थप गहिरिएको संकेत गरेको छ। विशेषगरी होर्मुज जलडमरूमध्यमा हुने कुनै पनि अवरोधले विश्वव्यापी ऊर्जा बजार र समुद्री व्यापारमा असर पार्न सक्ने भएकाले पछिल्लो घटनाक्रमलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १२ : १७ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा