उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव « Khabarhub

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक कार्यक्रम तत्काल पूर्ण रूपमा अन्त्य गराउने प्रयासभन्दा हालको अवस्थामा रोक्नुपर्ने प्रस्ताव गरेका छन् । त्यसको बदलामा प्योङयाङमाथि लगाइएका प्रतिबन्धमा राहत दिन उहाँले अमेरिकालाई आग्रह गरे।

न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति लीले आणविक निशस्त्रीकरणलाई अन्तिम लक्ष्यका रूपमा कायम राख्नुपर्ने भए पनि त्यसलाई वार्ताको पूर्वसर्त बनाउँदा कुनै उपलब्धि हासिल गर्न नसकिने बताए।

सन् २०२५ जुनमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनले पूर्वसर्तबिना उत्तर कोरियासँग वार्ता गर्न प्रस्ताव गर्दै आएका छन्। यद्यपि, प्योङयाङले हालसम्म त्यसप्रति औपचारिक प्रतिक्रिया दिएको छैन।

उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धको सामना गरिरहे पनि आफ्नो कानुनमै आफूलाई आणविक हतियारयुक्त राष्ट्रका रूपमा स्थापित गरेको छ। राष्ट्रपति लीले आणविक हतियारको नयाँ उत्पादन तथा आणविक सामग्रीको आपूर्ति रोक्दै उत्तर कोरियाको हालको आणविक क्षमतालाई सीमित गर्नु महत्वपूर्ण उपलब्धि हुने बताए।

यस्तो प्रस्तावप्रति भने आलोचकहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार यसले उत्तर कोरियालाई आणविक हतियारयुक्त राष्ट्रका रूपमा स्वीकार गर्ने जोखिम बढाउन सक्छ भने प्योङयाङले आफ्नो आणविक शस्त्रागार नत्यागीकनै प्रतिबन्धमा राहत पाउन सक्ने सम्भावना रहन्छ।

यसैबीच, उत्तर कोरियाले चीन र रुसबाट महत्वपूर्ण सहयोग पाइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ उनसँग तीन पटक भेटवार्ता गरेका थिए ।

तर सन् २०१९ मा भियतनामको हनोईमा भएको शिखर वार्तामा उत्तर कोरियामाथिको प्रतिबन्धमा राहत र आणविक निशस्त्रीकरणका विषयमा सहमति जुट्न नसकेपछि दुई देशबीचको कूटनीतिक प्रक्रिया रोकिएको थियो।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १२ : २२ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा