शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह « Khabarhub

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले सजकता अपनाउन आग्रह गरेको छ ।

हाल बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको विभागले जनाएको छ । 

यस प्रणालीको मुख्य असर विशेषगरी असोज ९, १० र ११ गते रहने र बागमती प्रदेशभन्दा पश्चिम क्षेत्रमा बढी प्रभाव पर्ने देखिएको महाशाखाका मौसमविद् मीन कुमार अर्यालले जानकारी दिए ।

गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए । 

उनले लुम्बिनीको दाङभन्दा पूर्वी भूभाग (नवलपुरसम्म), कर्णालीको पूर्वी भूभाग, र सुदूरपश्चिमका दक्षिणी पहाडी तथा तराई भूभागमा पनि प्रभाव पर्ने देखिएको उल्लेख गरे ।

बागमती प्रदेशको चितवन आसपास तथा पहिले नै बाढी पहिरोले प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाले पनि असर पुर्‍याउन सक्ने उनको भनाइ छ ।  

मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि पछिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा यो केही दिन पछाडि धकेलिने देखिने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १ : ०८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका