शंकर पोखरेलले भने- अध्यक्षसँग मेरो मतभेद छैन, कुनै अभियोग लगाउन खोजेको होइन  « Khabarhub

शंकर पोखरेलले भने- अध्यक्षसँग मेरो मतभेद छैन, कुनै अभियोग लगाउन खोजेको होइन 


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफूले असहमति नराखेको बताएका छन् ।

मंगलबार ललितपुरको भनिमण्डला जारी केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा राख्दै पोखरेलले अध्यक्ष केपी ओलीसँग काम गरिरहेको अवस्थामा आफूले अध्यक्षमाथि अभियोग नलगाउने स्पष्ट पारेका छन् ।

बहस नोट समितिका सदस्य सूर्य थापाका अनुसार पोखरेलले बैठकमा तीन महत्त्वपूर्ण धारणा राखेका छन् ।

पोखरेलले भनेका छन्, ‘सँगसँगै बसेर काम गरिरहँदा अध्यक्ष कमरेडलाई अभियोग लगाउने काम मबाट हुँदैन ।’

त्यस्तै, पार्टीमा असमझदारी र विग्रह आउने गरी आफूले विशेष महाधिवेशन आयोजनाको नेतृत्व नगर्ने उनको भनाइ छ ।

‘पार्टीमा असमझदारी र विग्रह आउने गरी मैले विशेष महाधिवेशन आयोजनाको नेतृत्व गर्दिनँ,’ पोखरेलले भनेका छन् ।

आफू पार्टी अध्यक्ष बन्ने विषयमा समेत पोखरेलले ओलीको असहमतिमा अध्यक्ष नबन्ने धारणा राखेका छन्। ‘तपाईँको असहमतिमा म पार्टीको अध्यक्ष बन्दिनँ,’ उनको भनाइ उद्धृत गर्दै थापाले लेखेका छन् ।

पोखरेलले अध्यक्ष ओलीसँग आफ्नो कुनै असहमति नरहेको समेत बताएका छन् । ‘पार्टी अध्यक्षसँग मेरो असहमति छँदै छैन, तपाईँलाई त्यस्तो अनुभूति छ भने भोलिको दिनदेखि नै हुनेछैन । यो विश्वास दिलाउन चाहन्छु,’ उनले भनेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १ : १९ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको