‘जल्नुअघि चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा प्रहरीले संवेदनशीलता देखाएन, गृहमन्त्रीको जवाफ चाहियो’ « Khabarhub

‘जल्नुअघि चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा प्रहरीले संवेदनशीलता देखाएन, गृहमन्त्रीको जवाफ चाहियो’


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको छानविनको माग गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद दुलालले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न तत्काल उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका हुन् ।  

ट्राफिक प्रहरीसंगको विवादमा चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा पनि प्रहरीले संवेदनशीलता नदेखाएको, विवेक गुमाएको र युवकलाई मृत्युको मुखमा पुग्नबाट जोगाउन नसकेको उनले बताए । 

उनले ट्राफिक प्रहरी, नेपाल प्रहरी र नेपाल सरकार कसको हो तथा प्रहरी कसको निर्देशनमा चलेको छ भन्दै गृहमन्त्रीको जवाफ माग गरे । 

यो घटना केवल एक चालकको आवेग मात्र नभई राज्यको प्रणालीप्रति नागरिकको चरम निराशा, बेरोजगारी र अस्थिर रोजगारीमा रहेका लाखौँ युवाको पीडाको अभिव्यक्ति भएको उनले बताए । 

सांसद दुलालले ठूला सवारीको लाइसेन्स लिन साना सवारीको लाइसेन्स अनिवार्य चाहिने हालको झन्झटिलो व्यवस्था सच्याउनुपर्ने बताए । ट्राफिक प्रहरी र नियमनकारी निकायहरू मर्यादित, अनुशासित हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १ : ३१ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा