दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै डुङ्गा क्लिनिक « Khabarhub

दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै डुङ्गा क्लिनिक


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नलबारी- भारतको आसाम राज्यका दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएका मोबाइल डुङ्गा क्लिनिक स्थानीय बासिन्दाका लागि उपचारको मुख्य आधार बनेका छन् ।

ब्रह्मपुत्र नदीका ‘चार’ भनिने अस्थायी टापु तथा बालुवाका थुप्रामा बसोबास गर्ने हजारौँ मानिसलाई यी क्लिनिकले चिकित्सक, औषधि, खोप र आधारभूत प्रयोगशाला सेवा उपलब्ध गराउँदै आएका छन् ।

आसाममा दुई हजारभन्दा बढी यस्ता नदी टापु छन् । तर, धेरै स्थानमा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको अभाव छ । बाढी र नदी कटानको जोखिममा रहेका बस्तीमा नियमित स्वास्थ्य सेवा पुर्‍याउन कठिन हुने भएकाले सन् २००५ मा सेन्टर फर नर्थ इस्ट स्टडीज एन्ड पोलिसी रिसर्चले ‘आखा’ अर्थात् ‘आशा’ नामको डुङ्गा क्लिनिक कार्यक्रम सुरु गरेको थियो ।

सरकारी निकाय र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) को सहयोगमा अहिले १५ वटा डुङ्गा सञ्चालनमा छन् । ती डुङ्गा क्लिनिकबाट मासिक करिब २० हजार मानिसले स्वास्थ्य सेवा लिइरहेका छन् ।

नलबारीको बरबल्ला नदी टापुका बासिन्दा रेकीबुल अमिनले आफूहरू उपचारका लागि डुङ्गा क्लिनिकमै निर्भर रहेको बताए। उनका अनुसार स्थानीय बासिन्दाले आवश्यक औषधिसमेत यहीँबाट पाउने गरेका छन् । विशेषगरी महिलाले डुङ्गा क्लिनिकबाट ठूलो लाभ लिएको उनले बताए।

डुङ्गा क्लिनिकले विशेषगरी मातृ तथा शिशु स्वास्थ्यमा ध्यान दिएको छ । गर्भवतीको प्रसवपूर्व परीक्षण, शिशुको नियमित खोप तथा आधारभूत उपचार सेवा उपलब्ध गराउँदै आएको क्लिनिकका चिकित्सा अधिकारी हबीबुल हकले बताए।

तीन करोडभन्दा बढी जनसङ्ख्या रहेको आसाममा प्रतिहजार जीवित जन्ममा २९ शिशुको मृत्यु हुने गरेको छ भने पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३४ रहेको छ । राष्ट्रिय औसत क्रमशः २४ र २८ रहेको छ ।

त्यस्तै, आसाममा प्रतिलाख जीवित जन्ममा मातृ मृत्युदर १२५ रहेको छ, जबकि राष्ट्रिय औसत ८८ छ । गरिबी, निरक्षरता र दुर्गम भौगोलिक अवस्थाका कारण यहाँका बासिन्दाको स्वास्थ्य सेवामा पहुँच थप कठिन बनेको छ।

हकले बाढी तथा नदी कटानबाट प्रभावित दुर्गम ‘चार’ क्षेत्रका बासिन्दासम्म स्वास्थ्य सेवा पुर्‍याउन पाउँदा खुसी लागेको बताए। नियमित स्वास्थ्य संस्था पुग्न नसक्ने बस्तीका लागि डुङ्गा क्लिनिक महत्त्वपूर्ण स्वास्थ्य सेवाको माध्यम बनेको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  २ : ४९ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा