एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन « Khabarhub

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य झपट रावलले पार्टीको आन्तरिक लोकतन्त्र, संस्थागत प्रणाली र विगतका राजनीतिक निर्णयबारे प्रश्न उठाएका छन् ।

बैठकमा धारणा राख्दै रावलले आन्तरिक लोकतन्त्र कमजोर भएको पार्टी पंक्तिले संविधान र लोकतन्त्रका लागि प्रभावकारी रूपमा लड्न नसक्ने बताए ।

उनले अहिले संसद् पुनर्स्थापनाको मुद्दा उठाउनु उपयुक्त नभएको धारणा राखे। साथै, पार्टीभित्र गठन गरिएको कार्यदलको प्रतिवेदन केन्द्रीय सदस्यहरूलाई वितरण गर्नुपर्ने र प्रतिवेदनमा आएका सुझावलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताए ।

रावलले एमालेले विगतमा सरकार गठनदेखि सरकार चलाउनेसम्मका क्रममा विभिन्न व्यक्तिलाई प्रयोग गरेको विषयप्रति पनि आत्मसमीक्षा गर्नुपर्ने बताए । कमल थापा, एकनाथ ढकाललगायतका व्यक्तिलाई विगतमा जसरी प्रयोग गरियो, त्यसकै कारण पार्टीप्रति वितृष्णा पैदा भएको उनको भनाइ थियो ।

‘हामी सुध्रिएनौँ भने फेरि योभन्दा दुर्दिन टाढा छैन,’ रावलले बैठकमा भने ।

उनले पार्टीभित्रको एकता कुनै व्यक्तिको वरिपरि नभई सामूहिक र संस्थागत प्रणालीबाट कायम हुने धारणा राखे। ‘सामूहिक र संस्थागत प्रणालीमै पार्टी एकता भेटिन्छ,’ उनको भनाइ थियो ।

रावलले महाधिवेशनको मनोविज्ञानले टिकट वितरणमा समेत प्रभाव पारेको उल्लेख गर्दै पार्टीका निर्णय र उम्मेदवार छनोटका प्रक्रियामाथि समीक्षा आवश्यक रहेको बताए।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ७ : ५५ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि