योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल « Khabarhub

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा पार्टीको सम्मानित अभिभावक बन्नुपर्ने बताएकी छिन् ।

मंगलबार अर्घखाँचीको सन्धीखर्कमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै  उनले देउवाको योगदानको कदर गर्न आफूहरू तयार रहेको बताएकी हुन् । ”उहाँको योगदानको कदर गर्दै सम्मानित अभिभावक स्वीकार्न हामी तयार छौँ । उहाँलाई अभिभावक मानेकै कारण अधिवेशनमा सहभागिताका लागि आमन्त्रण गरिएको छ । उहाँको गरिमामय उपस्थितिले पार्टीलाई बलियो बनाउन सहयोग पुर्‍याउँछ,” भुसालले भनिन् । 

विशेष महाधिवेशनपछिको आन्तरिक विवाद र असन्तुष्टिलाई सम्बोधनका लागि  कुनै पनि नेता वा समूहलाई बाहिर नराखिने प्रतिबद्धता उनले व्यक्त गरिन् ।  “महाधिवेशनमा सहभागी हुन नसकेका वा असन्तुष्ट नेताहरूलाई समेट्न विधानका धारा निलम्बन गरेर भए पनि सम्मानजनक स्थान दिइनेछ,”उनले भनिन्।​

उपसभापति भुसालले गगन थापा सर्वसम्मत रूपमा पार्टीको सभापतिमा दोहोरिने बताइन् । ”पार्टीका कार्यकर्ता र आम जनताले गगन थापालाई सभापतिको भूमिकामा हेर्न चाहेका छन्,” भुसालले भनिन्, “सभापतिमा थापा सर्वसम्मत चयन हुनुहुन्छ। अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा भने सबै पक्षलाई सम्मानजनक रूपमा समेटेर अघि बढ्नुपर्छ।” 

आफू पनि आगामी कार्यकालमा पदाधिकारीमै रहेर काम गर्ने इच्छा व्यक्त गरिन्।​  भुसालले १५ औँ महाधिवेशनले पार्टीभित्रका गुट-उपगुटको अन्त्य गर्ने बताइन्। साथै, विधानमा संशोधन गरी ३५ वर्षमुनिका प्रतिनिधिबाट २१ जना केन्द्रीय सदस्य बन्ने व्यवस्था गरिएकाले आगामी नेतृत्वमा युवाहरूको बलियो र निर्णायक सहभागिता रहने उनले उल्लेख गरिन्। अधिकांश वडामा सहमतिबाटै नेतृत्व चयन भएकाले कार्यकर्तामा नयाँ उत्साह छाएको उनको भनाइ थियो।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ८ : ५३ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका