मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस « Khabarhub

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका छन् । राष्ट्रसंघको ८१ औँ महासभाको बैठकमा सम्बोधन गर्दै उनले युद्ध रोकिनैपर्ने बताएका हुन् ।

”इनफ इज इनफ । यस सभामा उपस्थित सबैका तर्फबाट प्रष्ट सन्देश के हो भने युद्ध अब रोकिनैपर्छ । मानवीय सहायताको निर्बाध ढुवानी हुनुपर्छ र अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला अन्तर्राष्ट्रिय कानुनअनुसार चल्नुपर्छ,” उनले भनेका छन् ।

विश्वका सबै मुलुक अन्तर्राष्ट्रिय कानुनको परिधिमा चल्नुपर्ने उनले बताएका छन् । उनले वेस्ट बैंकमा इजरायलको गतिविधिको विरोध गरे । ”इजरायलको गतिविधिले शान्तिको बाटो भत्काएको छ भने जातीय नरसंहार बढाइरहेको छ,” गुटेरसले भनेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ९ : २३ बजे

सुन्दर कीर्तिपुर मैदान (फोटो फिचर)

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

अनुशासित रूपमा २४ सै घण्टा देउसी-भैलो सञ्चालन गर्न दिन गृहको परिपत्र

काठमाडौँ – गृह मन्त्रालयले तिहारका अवसरमा परम्परागत रूपमा खेलिने देउसी–भैलो

चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी

पर्वतीय क्षेत्रको उत्थानशीलताका लागि जलवायु वित्त बढाउन परराष्ट्रमन्त्री खनालको जोड

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले पर्वतीय क्षेत्रको उत्थानशीलता अभिवृद्धिका लागि

चितवनलाई १० रनले हराउँदै काठमाडौँ एनपीएलको शीर्ष स्थानमा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा