बालेनको भ्रमणबारे रास्वपाले भन्यो- नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने प्रयास हो « Khabarhub

बालेनको भ्रमणबारे रास्वपाले भन्यो- नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने प्रयास हो


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहको आजदेखि हुने भारतको राजकीय भ्रमणबाट नेपाल-भारतबीचको विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्ध थप सुदृढ हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वास व्यक्त गरेको छ । 

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको भ्रमणबाट दुई देशबीच आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बताएका छन् । 

‘राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्रीको भारत भ्रमण सफल, उपलब्धिपूर्ण तथा सुखद रहोस् भन्ने हार्दिक शुभकामना’, महामन्त्री आचार्यद्वारा जारी शुभकामनामा उल्लेख छ । 

भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएको महामन्त्री आचार्यले जनाएका छन्  । 

उक्त अवसरमा सभापति लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका थिए  । 

प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता शाह राजकीय भ्रमणको सिलसिलामा आज भारततर्फ प्रस्थान गर्दै छन् । उनको नेतृत्वमा रहने ३५ सदस्यीय प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार र राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ ।

दुईदिने यस भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । 

भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको छ । 
 

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १ : ५५ बजे

आमाको माया र छोराको संघर्षको कथा बोकेको ‘सारथि’को ट्रेलर सार्वजनिक

काठमाडौं– आमाले छोराका लागि कति संघर्ष गर्न सक्छिन् ? जीवनका

भारत भ्रमणअघि बालेनलाई भेटेर रविले के सुझाव दिए ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

यस्तो छ प्रधानमन्त्री बालेन बस्ने ताज होटल (तस्बिरहरु)

नयाँ दिल्ली – प्रधानमन्त्री वालेन्द्र शाह बालेन आज आइतबार अपराह्न दुई

प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान

काठमाडौँ – प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ

बालेनको भ्रमणबारे रास्वपाले भन्यो- नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने प्रयास हो

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहको आजदेखि हुने भारतको राजकीय भ्रमणबाट नेपाल-भारतबीचको