काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनी सवार नेपाल एयर लाइन्सको आरएनए२१७ विमान केही बेरअघि अवतरण गरेको हो ।
उनलाई स्वागत गर्न विमानस्थलमा भारतको केन्द्र सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन् । यसका साथै उनको स्वागतमा भारतको उत्तराखण्ड राज्यका नृत्याङ्गानाले लोकनृत्य प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री शाहको भ्रमण दलमा भ्रमण दलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन् ।
भारतमा रहँदा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, समकक्षी नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको छ ।














प्रतिक्रिया