नयाँ पुस्तामा पठन संस्कृति र सिर्जनशीलता विकास गर्न सभामुख अर्यालको जोड « Khabarhub

नयाँ पुस्तामा पठन संस्कृति र सिर्जनशीलता विकास गर्न सभामुख अर्यालको जोड


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले नयाँ पुस्तामा पठन संस्कृति, सिर्जनशीलता र साहित्यिक चेतना विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

आठौँ बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा ‘उत्कृष्ट कथा–२०८३’ पुस्तक विमोचन समारोहलाई आइतबार सम्बोधन गर्दै सभामुख अर्यालले नेपाली भाषा, साहित्य र कथा लेखनको प्रवर्द्धनमा यस्ता सिर्जनात्मक प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए ।

सो अवसरमा उनले नेपाली साहित्यको श्रीवृद्धिका लागि लेखक, साहित्यकार तथा सर्जकहरूले पुर्‍याउँदै आएको निरन्तर योगदानको प्रशंसासमेत गरे ।

‘कुनै सहरलाई माथिबाट हेर्दा त्यसको समग्र स्वरूप देखिएझैँ साहित्यको अध्ययनबाट समाजको वास्तविक अवस्था र चरित्र बुझ्न सकिन्छ,’ उनले भने, ‘व्यवस्थापिकाको नेतृत्व गर्ने जिम्मेवारीमा रहँदा मेरो प्रमुख दायित्व जनताको आवश्यकतालाई सम्बोधन गर्ने कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउनु हो । यसका लागि साहित्यले प्रस्तुत गर्ने समाजका वास्तविक समस्या बुझ्न आवश्यक छ ।’

सभामुख अर्यालले साहित्यकारहरूलाई समाजका विकृति र विसंगतिमाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास र असल अभ्यासलाई पनि प्रोत्साहन गर्न आग्रह गरे ।

सम्बोधनका क्रममा उनले २०८२ भदौ २३ र २४ गतेको विद्रोहले नेपाली राजनीतिमा महत्त्वपूर्ण परिवर्तनको आधार तयार गरेको उल्लेख गर्दै युवा नेतृत्वको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो जनमतसहित शासन सञ्चालनको जिम्मेवारीमा पुगेको बताए । उनले सीमित साधन र स्रोतको पारदर्शी एवं इमानदार परिचालनमार्फत भ्रष्टाचार अन्त्य गर्दै सुशासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता रहेको औँल्याए ।

समारोहमा उनले बाह्रखरी कथा प्रतियोगिताको उत्कृष्ट २५ मा पर्न सफल तथा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने स्रष्टाहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ६ : २२ बजे

नयाँ पुस्तामा पठन संस्कृति र सिर्जनशीलता विकास गर्न सभामुख अर्यालको जोड

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले नयाँ पुस्तामा पठन संस्कृति,

प्रधानमन्त्री शाह बसेको होटेल पुगे भारतीय विदेशमन्त्री

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग वार्ता गर्नका

एनपीएलपछि दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजना गर्ने मन्त्री पोखरेलको प्रतिबद्धता

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय

इजरायलमा सरकार गठनका लागि नेतान्याहु–इसेनकोट वार्ता

जेरुसलेम- इजरायलमा गठबन्धन सरकार गठनको सम्भावना खोज्दै कार्यवाहक प्रधानमन्त्री बेन्जामिन

तीन शतक, करोडौँ पुरस्कार, एनपीएल तेस्रो संस्करणले नेपाली क्रिकेटलाई के दियो ?

तीन शतक, अन्तिम खेलमा छक्काको वर्षा, नयाँ खेलाडीको उदय र