आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२६ जनवरी २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : बोलीको प्रभावले काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्ने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। साथीभाइसँग गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

वृष : सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकार्य गर्दै गरेका साथीबाटै असहयोग हुने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानी भने फलदायी बन्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।

मिथुन : धार्मिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। राज्यको माथिल्लो तहबाट सेवाको अवसर मिल्नेछ।

कर्कट : साथीभाइले असहयोग गर्नेछन्। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। सहकर्मीसँगको सल्लाह अनुसार अगाडि बढ्नु उचित हुनेछ। रोगले सताउने सम्भावना भएकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिन बिताउनु राम्रो हुनेछ।

सिंह: सञ्चित धन जम्मा गर्ने दिन छ। दाजुभाइसँग गरेको सहकार्यले मनमा हौसला बढ्नेछ। विपक्षी शान्त भएकाले तपाईंको काम बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ।

कन्या : खर्च बढ्नेछ। मनमा कुनै कुराले तनाव बढाउनेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ। तर परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ ।

तुला : शिक्षामा गरेको लगानीबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ। पुराना रोगले सताउने जोखिम छ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ। धार्मिक व्यक्तिसँग बोल्दा नम्रताको खाँचो देखिन्छ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

वृश्चिक : सोचेको काममा अवरोध हुनसक्छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। व्यक्तिगत क्षमता बढ्नेछ। रोगबाट जोगिनु पर्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ।

धनु : दिन सहज छ। साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। स्वदेशमा भन्दा वैदेशिक क्षेत्रमा लगानी बढ्नेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दाम्पत्य जीवनमा भने खटपटी हुनेछ।

मकर : आलोचना गर्नेहरु पनि प्रशंसा गर्न थाल्नेछन्। शुभ ग्रहले साथ दिएकाले निष्पक्ष निर्णयबाट पछाडि नहट्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारमा भने शंका बढ्नेछ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। बौद्धिक ज्ञान प्राप्त हुनेछ। बोल्दा नम्र बन्नुपर्नेछ। शिक्षाको लगानीमा मेहनतको आवश्यकता देखिन्छ।

मीन : रोगले सताउने छ। व्यक्तित्वमा निखार ल्याउन कर्मनिष्ठ बन्नुपर्ने दिन छ। बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ५ : २४ बजे

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु