रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज « Khabarhub

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम् झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन साह इलाम पुगेका छन्।

रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका बालेन बिहीबार बिहान इलाम पुगेका हुन्।झापामा मंगलबार मनोनयन दर्ता गरेर बुधबार झापाका मतदातासँग छलफल गरेका बालेन बिहीबार इलाम पुगेका हुन्।

इलाम पुग्दा बालेनले इलाम–१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम– २ का उम्मेदवार गोकुलबहादुर राईसँग इलाम सदरमुकाम इलाम बजारमा भेट गरेका छन् । बालेन इलाम पुग्दा उनलाई भेट्ने र सँगै फोटो खिँच्दै हात मिलाउनेको भीड लागेको थियो ।

उनी आजै पाँचथर पुग्ने कार्यक्रम रहेको छ।उनी पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा उपस्थित हुनेछन्।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ९ : २६ बजे

सुन्तलाले मूल्य पाएपछि किसान उत्साहित

चितवन– जिल्लामा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका

अफगानिस्तानमा भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

काठमाडौं संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्टुरेन्टमा

पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु

नवलपरासी पश्चिम- सरावल गाउँपालिका-१ तिलकपुर बस्ने शतिश कुमार फौजदारको छोरा ८

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोट : नेदरल्यान्डसँग नेपाल पराजित

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा

बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

बैतडी – दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर