स्वागत नेपालालई बोलायो साइबर ब्यूरोले, राप्रपा भन्छ : सरकारले नियोजित दबाब दिन खोज्यो « Khabarhub

स्वागत नेपालालई बोलायो साइबर ब्यूरोले, राप्रपा भन्छ : सरकारले नियोजित दबाब दिन खोज्यो


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट झापा क्षेत्र नम्बर २ का उम्मेदवार स्वागत नेपाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ।

पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले झापा–२ का पार्टी उम्मेदवार नेपाललाई सरकारी संयन्त्रले दबाब दिन खोजेको आरोप लगाएका छन् ।

श्रेष्ठले स्वागत नेपाल अब एक्लो नरहेको उल्लेख गरेका छन् । उनले दिवंगत वरिष्ठ नेता दीपक बोहोराले अस्वस्थ अवस्थामै एक शब्द नबोली चुनाव लडेर बहालवाला गृहमन्त्रीलाई पराजित गरेको इतिहास राप्रपासँग रहेको स्मरण गराए ।

श्रेष्ठले भने, ‘झापा–२ का उम्मेदवार, अधिवक्ता स्वागत नेपालले विगतमा दिएको अभिव्यक्तिका आधारमा अहिले सरकारी संयन्त्रले निरुत्साहित गर्ने प्रयास गरिरहेको छ, जुन आपत्तिजनक छ ।’ उनले स्वागत नेपाल नबोल्ने वा कानुन नजान्ने व्यक्ति नभएको स्पष्ट पारे ।

राप्रपाले देशभर उम्मेदवारी दिएर कुशासन र भ्रष्ट व्यवस्थाविरुद्ध वैकल्पिक धार सिर्जना गरेपछि सरकार राप्रपाका उम्मेदवारविरुद्ध अनावश्यक र पुराना विषय उठाएर आक्रमणमा उत्रिएको श्रेष्ठको आरोप छ ।

यसैक्रममा झापा–२ का उम्मेदवार स्वागत नेपाललाई साइबर ब्यूरो भोटाहिटीबाट फोन गरी उपस्थित हुन भनिएको उनले बताएका छन् ।

स्वागत नेपाल पार्टीमा समाहित हुनुअघि दिएका अभिव्यक्ति र राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा भएको कार्यक्रममा बोलेका विषयलाई आधार बनाएर पक्राउ गर्न खोजिएको उनले बताए । ती अभिव्यक्ति दिँदा स्वागत नेपाल राप्रपामा आबद्ध भइनसकेको पनि उनले उल्लेख गरेका छन् ।

सिंहदरबार जलाउने अभिव्यक्ति दिनेहरूले व्यवहारमै त्यस्तो काम गरिसक्दा पनि स्वागत नेपाललाई बोलेकै आधारमा दुःख दिने नियत अवाञ्छित भएको श्रेष्ठको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले दलको टिकट लिएर चुनावमा होमिएका उम्मेदवार पार्टीले तोकेको तालिकाअनुसार अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।

स्वागत नेपाल अहिले झापा–२ को चुनावी प्रचारमा व्यस्त रहेको श्रेष्ठले बताए । यदि सरकार प्रचारमा सहयोग गर्न लागेको हो भने स्वागतयोग्य भए पनि अनावश्यक दुःख दिएर चुनावी गतिविधि अवरुद्ध गर्ने प्रयास सह्य नहुने चेतावनी उनले सरकारलाई दिएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १ : ५० बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा