झापाका ९५ वटा मतदानस्थल अति संवेदनशील « Khabarhub

झापाका ९५ वटा मतदानस्थल अति संवेदनशील


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ ।  

प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसंवेदनशीलको रूपमा राखिएको बताए। जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ संवेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेका उनले जानकारी दिए । 

जिल्लामा ८१५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उनले बताए। 

प्रजिअ गेलालले क्षेत्र नं ५ मा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै विगतमा भन्दा बढी सुरक्षाकर्मी आवश्यक पर्ने देखिएपछि प्रदेशसँग थप सुरक्षाकर्मी माग गरिएको जानकारी दिए । पाँच निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचनबाट पाँच जना प्रतिनिधिसभा प्रतिनिधि निर्वाचित हुने र यसका लागि झापामा सात लाख १३ हजार ५३७ जनाले मतदान गर्नेछन् ।
 

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ४ : ३२ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क