हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा « Khabarhub

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा सार्वजनिक भएको छ ।

हल प्रदर्शनको एक वर्ष नबित्दै फिल्म बिहीबार आर्टमाण्डू युट्युब च्यानलमा प्रिमियर गरिएको हो । यो फिल्म गत वैशाख २६ बाट प्रदर्शनमा आएको थियो ।

चलचित्र विकास बोर्डका अनुसार घरेलु बक्स अफिसबाट यो फिल्मले झन्डै साढे ११ करोड ग्रस कलेक्सन गरेको छ। फिल्मले ५१ दिने सफलता पार गरेको थियो ।

नेपाली भाषी रहेका भारतका विभिन्न स्थानमा पनि यो फिल्म प्रदर्शन गरिएको थियो । भारतमा पनि यो फिल्मले ५१ दिन मनाएको थियो ।

यही फिल्मबाट नवीन चौहानले लेखन र निर्देशनमा डेब्यू गरेका हुन् ।

हलको पहुँचभन्दा बाहिर रहेका दर्शकले ‘ऊनको स्वीटर’ हेर्न नपाएको गुनासो गरेपछि आफूले फिल्म युट्युबमा सार्वजनिक गर्ने निर्णय लिएको चौहानले बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धेरै दर्शकले समय, स्थान र परिस्थितिका कारण हलमा बसेर यो फिलम हेर्न नपाएको पीडा सुनाएपछि मैले यो विराट र साहसी निर्णय लिएको हुँ ।’

सुरुमा उनी यो फिल्म युट्युबमा सार्वजनिक नगर्ने पक्षमा थिए ।

सकारात्मक समीक्षा पाएको यो फिल्ममा समावेश गीतहरु ‘काफ्ले’, ‘मखमली’ र ‘चाइनेजो जिन्दगानीमा’ दर्शकले रुचाएका थिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ५ : ०४ बजे

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक

योगेश भन्छन् : अहिले च्याउसरी उम्रिएका पार्टीहरूको बिउ कहाँको भन्ने शंका छ

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले मनोनयन