काठमाडौं– आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव २३ अंकले बढेको छ । कारोबारसँगै नेप्से परिसूचक नौ दशमलव २३ अंकले बढेर दुई हजार ७१४ दशमलव ६१ को विन्दुमा कायम भएको हो ।
आज १६२ कम्पनीको शेयर मूल्य बढेको छ । दश कम्पनी स्थिर रहँदा ८८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज एसवाई प्यानल, श्रीनगर एग्रिटेक र त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव २५ प्रतिशतले घटेको छ ।
आज बैंकिङ समूह शून्य दशमलव ३१ र व्यापार समूह एक दशमलव १५ प्रतिशत घटेको छ भने बाँकी सबै समूहका उपसूचक बढेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह दुई दशमलव ३८ प्रतिशत बढेको हो ।













प्रतिक्रिया