वैशाखमा पार्टीको नियमित महाधिवेशन हुँदैन : गुरुराज घिमिरे « Khabarhub

वैशाखमा पार्टीको नियमित महाधिवेशन हुँदैन : गुरुराज घिमिरे


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन हुन नसक्ने बताएका छन् । 

बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले फागुन २१ गतेको निर्वाचन र त्यसपछि हुने राजनीतिक गतिविधिका कारण आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्न नसकिने बताएका हुन् ।

२०८३ पौष मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्ने गरी तयारी गरिने उनले बताए । उनले विशेष महाधिवेशनपछि पार्टी एकजुट भएर निर्वाचनमा अघि बढेको दाबी गर्दै दूरगामी सोचका साथ घोषणापत्र जारी हुने उल्लेख गरे ।

त्यस्तै घिमिरेले आगामी संसदीय दलले सर्वसम्मत रुपमा सभापति गगन थापालाई संसदीय दलको नेता चुन्ने र  भावी प्रधानमन्त्री बन्ने दाबी गरे । 

महामन्त्री घिमिरेले राष्ट्रिय सभा निर्वाचनका लागि पहिले नै गठबन्धन भइसकेकाले त्यसले निरन्तरता पाउने बताए । 

उनले फागुन २१ गते हुन लागेको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरिने, तर निर्वाचनपछिको परिणामका आधार गठबन्धन हुन सक्ने जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ५ : ५९ बजे

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको