योगेश भन्छन् : अहिले च्याउसरी उम्रिएका पार्टीहरूको बिउ कहाँको भन्ने शंका छ « Khabarhub

योगेश भन्छन् : अहिले च्याउसरी उम्रिएका पार्टीहरूको बिउ कहाँको भन्ने शंका छ


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले मनोनयन दर्तासँगै निर्वाचन नहुने आशंका सकिएको बताएका छन् ।

एमाले विराटनगर कमिटीको बिहीबार सम्पन्न विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले एमाले पूर्ण तयारीसहित चुनावमा होमिएको बताउ ।

उनले बाँकी दिनहरूमा तीव्र गतिमा चुनावी तयारी अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन् ।

‘यो निर्वाचन कुनै दल, देश वा संविधानले चाहेको अवस्थामा हुन लागेको होइन,’ उनले भने, ‘कुनै प्रधानमन्त्रीले संसद् विघटन गरेर निर्वाचनको अवस्था सिर्जना भएको होइन । विशिष्ट राजनीतिक घटनाक्रमपछि देशलाई संवैधानिक र लोकतान्त्रिक बाटोमा फर्काउन निर्वाचन अपरिहार्य बनेको हो ।’

भट्टराईले यसको महत्व विगतका निर्वाचनभन्दा फरक रहेको उल्लेख गरे । ०७४ को निर्वाचन र संविधान निर्माणपछि देश राजनीतिक स्थायित्वतर्फ जाने, समृद्धि र सुखी नेपालीको लक्ष्य हासिल गर्ने नारा एमालेले अघि सारेको उनले स्मरण गराए । ०७४ र ०७९ दुवै निर्वाचनमा एमालेले तीव्र आर्थिक विकासको एउटै नारा बोकेको पनि उनले बताए ।

नेपालको राजनीतिक इतिहास स्मरण गर्दै पटक–पटक राजनीतिक क्रान्तिमाथि धावा बोलिने गरेको उनले बताए । ००७ सालको क्रान्तिपछि ०१७ सालमा कू, ०४६ को जनआन्दोलनपछि माओवादी सशस्त्र द्वन्द्व, दरबार हत्याकाण्ड र राजा ज्ञानेन्द्रको महत्वाकांक्षाबाट लोकतन्त्र हडपिएको उनले उल्लेख गरे ।

०६२/०६३ को आन्दोलनपछि शान्ति प्रक्रिया अघि बढे पनि त्यो दीर्घकालीन हुन नसकेको उनले बताएका छन् ।

‘अहिले फेरि हाम्रो क्रान्ति, संविधान र उपलब्धिमाथि आक्रमण भएको छ,’ भट्टराईले भने, ‘किस्ता–किस्तामा राजनीतिक क्रान्तिमाथि धावा बोल्ने शक्तिलाई समाप्त गर्दै एकमुष्ट क्रान्तिको रक्षा गर्ने जिम्मेवारी यो निर्वाचनले पूरा गर्नुपर्छ ।’

उनले चुनौतीका घडीमा सधैँ एमालेले देश र लोकतन्त्रको रक्षा गर्दै आएको दाबी गरे । ‘एमाले नेपाली माटोमा उम्रिएको पार्टी हो । यसको बिउ, मल र संस्कृति सबै नेपाली हुन्,’ उनले भने, ‘अहिले च्याउसरी उम्रिएका केही पार्टीको बिउ र मल कहाँको हो भन्ने शंका छ ।’

भट्टराईले एमाले लड्नुपर्ने बेला लड्ने र जोडिनुपर्ने बेला जोडिन जान्ने पार्टी भएको बताए । ‘बाह्य शत्रुसँग लड्नुअघि पार्टीभित्र एकता आवश्यक छ,’ उनले भने, ‘त्यो एकता एमालेमा छ र हुनुपर्छ ।’

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ६ : ३५ बजे

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको