भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस् « Khabarhub

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा काम नगरेर अलपत्र पार्ने रुग्ण आयोजनाका ठेक्का प्रक्रिया मिलाएर तोड्न भौतिक मन्त्रालयलाई निर्देशन दिएका छन् ।  

भौतिक योजना तथा शहरी विकास मन्त्रालयको अर्ध वार्षिक कार्यक्रममा मुख्यमन्त्री कँडेलले जतिसुकै पहुँच र शक्ति भएपनि समयमै काम नगर्ने निर्माण व्यवसायीको प्रक्रिया मिलाएर ठेक्का तोड्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री कँडेलले सरकारले आवश्यक बजेट छुट्टाउने तर समयमा आयोजनाको काम सम्पन्न नगरेर अलपत्र पार्दा त्यसले सरकारप्रति नै नागरिकको अविश्वास पैदा हुने बताए । 

उनले भने, ‘पैसा छ, काम भइरहेको छैन र योजनालाई अलपत्र छाड्छ भने त्यस्ता निर्माण व्यवसायीप्रति हामी कुनै लचिलो हुनुपर्ने  जरुरी छैन ।’ मुख्यमन्त्री कँडेलले सकेसम्म निर्माण व्यवसायीलाई सहजीकरण गरेर आयोजना सम्पन्न गर्ने दायित्व तिर लाग्न र सहजीकरणले समेत परिणाम नदेखिए नियमसंगत रुपमा ठेक्का अन्त्य गर्न मन्त्रालयलाई निर्देशन दिए । 

मुख्यमन्त्री कँडेलले प्रदेश राजधानी अन्त्रगतका सडक निर्माणमा लापरबाही गर्दा पूर्व मन्त्रीको समेत ठेक्का तोडिएको बताउँदै  ठेक्का तोड्दा तोडिएका ती आयोजनाहरूलाई पुनः सञ्चालन गर्न आवश्यक तयारी समेत गर्न निर्देशन दिए । उनले भने, समयमा काम सम्पन्न नगरेपछि हामी बहालवाला सांसद र मन्त्रीसमेत सङ्लन भएको ठेक्का तोडेका छौँ, पावरबाट नडराउनुहोस्, सरकार त्यसको जिम्मा लिन्छ।’

मुख्यमन्त्री कँडेलले काम सम्पन्न गरिसकेपछि भुक्तानीमा ढिलाइ नगर्न पनि मन्त्रालयलाई भने । उनले भने, ‘निर्माण व्यवसायीले काम गरेको छ भने बाहान नबनाउनुस्, बोलाएर भए पनि भुक्तानी दिनुस् ।’ 

समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले पुरानै मानसिकताले नागरिकले खोजे जस्तो परिणाम दिन सम्भव नभएकोले सबैले कार्यशैली समेत बदल्नुपर्ने बताए ।  नागरिकको अपेक्षा र राज्य संयन्त्रका कार्यशैलीबीच निकै खाडल रहेकोले परम्परागत कार्यशैलीले परिणाम सम्भव नहुने मुख्यमन्त्री कँडेलको धारणा थियो । 

मुख्यममन्त्री कँडेलले नागरिकले रिजल्ट खोजिरहेको र नागरिकले खोजे जस्तै रिजल्ट दिने विषयमा पुरानै कार्यशैलीले सम्भव नहुने बताए ।  

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ६ : ५९ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी