बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने « Khabarhub

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ कार्यक्रममा भाग नलिने निर्णय गरेको छ । विदेशमन्त्री यभेट कुपरले बिहीबार बेलायत आजको हस्ताक्षर समारोहमा उपस्थित नहुने जानकारी दिइन् ।

राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय द्वन्द्व समाधानका लागि नयाँ निकायको स्थापना गर्दै त्यसको चार्टरमा हस्ताक्षर गर्न डाभोसमा समारोह आयोजना गर्नेछन्, जहाँ स्थायी सदस्यताका लागि एक अर्ब डलरको मूल्य ट्याग राखिएको छ ।

‘त्यहाँ धेरै काम बाँकी छ र हामी आज हस्ताक्षरकर्ताहरू मध्ये एक हुने छैनौँ । विशेष गरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुने सम्भावना र युक्रेनमा उहाँले देखाएको व्यवहारका कारण बेलायतको चिन्ता छ’, मन्त्री कुपरले बिबिसीसँगको अन्तर्वार्तामा भने, ‘यो कानूनी सन्धिले धेरै व्यापक विषय उठाउँछ र हामी पुटिनले युक्रेनमा शान्तिका लागि प्रतिबद्धता देखाएको कुनै संकेत पाएका छैनौँ ।’

हालसम्म अस्पष्ट रूपमा परिभाषित समूहमा सामेल हुन विभिन्न विश्व नेताहरूलाई निमन्त्रणा पठाइएको छ । सुरुमा गाजाको पुनर्निर्माण निरीक्षण गर्न उद्देश्य राखिएको भए पनि बोर्डको चार्टरले आफ्नो भूमिकालाई सीमित नगरेको देखिन्छ र यसले केही अमेरिकी सहयोगीहरूको आक्रोश पनि आकर्षित गरेको छ ।

बुधबार राष्ट्रपति ट्रम्पले पुटिनले सहभागी हुन सहमति जनाएको बताएका छन् , यद्यपि क्रेमलिनले अहिलेसम्म निमन्त्रणाको अध्ययन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ७ : ३३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क