ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार  « Khabarhub

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन् । जसमध्ये एक लाख ३१ हजार ५४९ महिला र एक लाख ३७ हजार ७०७ पुरुष मतदाता छन् भने जिल्लाभरबाट ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

ललितपुर क्षेत्र नम्बर १ मा ३८ हजार ८४० महिला र ३८ हजार ८९७ पुरुष गरी जम्मा ७७ हजार ७३७ मतदाता रहेका छन् । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलबाट १६ जना र स्वतन्त्रबाट १२ जना गरी कूल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये तीन महिला उम्मेदवार रहेका छन् ।

ललितपुर क्षेत्र नम्बर २ मा ४३ हजार २९८ महिला र ४५ हजार ७८४ पुरुष गरी जम्मा ८९ हजार ८२ मतदाता छन् । यस क्षेत्रमा १६ जना राजनीतिक दलबाट र सात स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ महिला उम्मेदवारको सङ्ख्या दुई जना मात्र रहेको छ ।

त्यसैगरी ललितपुर क्षेत्र नम्बर ३ मा ४९ हजार ४११ महिला र ५३ हजार २६ पुरुष गरी जम्मा एक लाख दुई हजार ४३७ मतदाता रहेका छन् । यस क्षेत्रमा कूल २३ जनाको उम्मेदवारी दर्ता भएको छ । 

तीमध्ये १६ जना विभिन्न राजनीतिक दलबाट र सात स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट पाँच महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा जम्मा ३१८ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनको तयारी तीव्र पारिएको निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ७ : ३५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क