एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द « Khabarhub

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द


८ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका नेता कँडेलको उम्मेदवारी रद्द गरिएको जनाएको छ ।

कांग्रेसकै नेता भीमबहादुर थापाले सुरूमा आधिकारिक टिकट लिएर उम्मेदवारी दर्ता गराएका थिए । कँडेलले थापा पछाडि उम्मेदवारी दर्ता गरेपछि खारेजीमा परेको हो ।

कँडेलले दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्रै राखर्एको भेटिएसँगै उम्मेदवारी विवाद भएको थियो । मुख्य निर्वाचन कार्यालयमा पहिले उम्मेदवारी दर्ता गरेका थापालाई मान्यता दिएसँगै कँडेल जिल्लिएका हुन् ।

उक्त निर्वाचन क्षेत्रबाट उठेकी आमजनता पार्टीकी मायाकुमारी थापाको उम्मेदवारी पनि खारेज भएको छ । सहायक निर्वाचन अधिकृत भेषराज खनाल थापाको नाम कालोसूचीमा पाइएपछि उम्मेदवारी खारेजीमा परेको हो ।

यो निर्वाचन क्षेत्रबाट सुरुमा २७ जनाको उम्मेदवारी परेको थियो । अब त्यहाँ १० जना स्वतन्त्र र १५ दलकासहित २५ जनाको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ८ : ०६ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल