सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव « Khabarhub

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएका छन्।

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष यादवको अहिले मुख्य प्राथमिकता हो- ग्रामीण भेगका जनतासँग छलफल, भेटघाट र स्थानीय मतदाता समस्या र गुनासा पहिचान।

यही दैनिकीलाई उनले प्राथमिकता दिएर चुनावी अभियानलाई निरन्तरता दिइरहेका छन्।

यसैक्रममा, बिहीबार डाक्नेश्वरी नगरपालिकास्थित कटैया फत्तेपुरमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले क्षेत्रको समस्याबारे अवगत गराएका छन् ।

सहभागीहरूले गाउँलाई जोड्ने सडकहरूको जर्जर अवस्था, सिँचाइ अभाव, विद्यालयहरूमा शैक्षिक गुणस्तरमा कमी, भरपर्दो स्वास्थ्य सुविधा नरहेको, गरिबी तथा बेरोजगारी समस्याबारे जसपा अध्यक्ष यादव समक्ष गुनासो गरेका छन् ।

कार्यक्रममा अध्यक्ष यादवले सप्तरीको विकास तथा समृद्धिका लागि आफू प्रतिवद्ध रहेको बताए । विगतमा सप्तरीका जनताबाट निर्वाचित हुँदा दूरगामी सोचका साथ शिक्षा, स्वास्थ्य र सडक निर्माण सम्बन्धि थुप्रै कामहरू गरेको उनले चर्चा गरे ।

विगतमा कांग्रेस कम्युनिस्टले सत्ता सञ्चालन गरेको तथा उनीहरूकै जनप्रतिनिधि जितेर गए पनि परिवर्तन नभएको चर्चा गर्दै उनले भोट माग्न आउनेहरूसँग प्रश्न गर्न आग्रह गरे ।

क्षेत्र नम्बर ३ मा अत्यधिक गरिबी, अशिक्षा र बेरोजगारी रहेकोप्रति चिन्ता व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जसपा नेपालका उम्मेदवारहरूलाई जिताउन अध्यक्ष यादवले आह्वान गरेका छन्।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ८ : १६ बजे

रुस-चीन शिखर वार्ता: न्यानो स्वागतका बीच पाइपलाइन सम्झौताबिना नै फर्किए पुटिन

बेइजिङ – केही क्षणका लागि बेइजिङ र मस्कोबीचको भिन्नता पहिल्याउन

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

म्याग्दी– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ

गोरखापत्रकाे महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशरण संस्थामा अध्यक्ष आह्वान

काठमाडौँ– सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

जनकपुर– मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य