डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन् « Khabarhub

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रूटबीचको वार्ताको भोलिपल्ट डेनिस सरकारले बिहीबार उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले ग्रीनल्याण्डका विषयमा डेनमार्कका तर्फबाट वार्ता गर्न नसक्ने जनाएको छ ।

बुधबार रुटसँगको भेटपछि ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्रमा सम्झौताको ‘फ्रेमवर्क’ मा पुगेको बताएका थिए । डाभोसको स्विस स्की रिसोर्टमा भएको विश्व आर्थिक मञ्चमा भएको सम्झौताको सबै विवरण अझै सार्वजसिनक भइसकेको छैन ।

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले डेनमार्कको एक टेलिभिजनसँग भने, “डेनमार्क र ग्रीनल्याण्डको हैसियत समान छ, र हाम्रो सार्वभौमिकताका बारेमा हिजो नेटोसँग कुनै वार्ता भएको थिएन।”

“डेनमार्क र ग्रिनल्याण्डको विषयमा निर्णय उनीहरूले नै गर्न सक्छन्,” उनले भने । अमेरिका र डेनमार्कले सन् १९५१ मा ग्रिनल्याण्डसम्बन्धी सन्धिमा पुनः वार्ता गर्ने सहमति भएको ट्रम्प र रुटबीच भएको वार्ताबारे जानकार एक स्रोतले बिहीबार एएफपीलाई बताएको छ ।

ग्रिनल्याण्डमा अमेरिकी सैन्य अखडालाई अमेरिकी सार्वभौमिकताअन्तर्गत राख्ने विषयमा वार्ताका क्रममा छलफल नभएको स्रोतले जनाएको छ । डेनमार्कका रक्षामन्त्री ट्रोएल्स लुन्ड पौल्सेनले बिहीबार सामाजिक सञ्जालमा रुटले डेनमार्क वा ग्रिनल्याण्डका तर्फबाट सम्झौता गर्न नसक्ने बताएका छन् ।

उनले भने, “रुटले नेटोभित्र एकता कायम गर्न वफादारीका साथ काम गर्नुभएको थियो । यो ‘धेरै सकारात्मक’ कुरा थियो तर गठबन्धनले आर्कटिक सुरक्षालाई बलियो बनाउन अझ बढी गर्न चाहेको थियो। उनले थपे, “हामी राज्यका केही भागहरूमाथि सार्वभौमिकता छोड्ने छैनौँ । यसबारे हामी स्पष्ट छौँ ।”

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ८ : ३६ बजे

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश